आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: March 31, 2021 | views: 94 सुशासन संवाददाता

काठमाडौं, चैत १८ । रोल्पा त्रिवेणी गाउँपालिका-२ सेरावाङ बस्ने २५ वर्षीय नर वहादुर घर्तिले आफ्नै फुसले छाएको कच्ची घर र आफ्नै सहोदर दाजु विष्णु घर्तिको कच्ची घरमा मंगलबार दिउँसो आगजनी गर्दा घर पूर्णरुपमा जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगजनी गर्ने नरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रूपन्देही गैडहवा गाउँपालिका-३ गोब्डौरी बस्ने ओम प्रकाश यादवको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, कागजात र घरभित्र राखेको बा.१५ प ३७३५ नम्बरको मोटरसाइकल समेत जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!