आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: March 30, 2021 | views: 90 सुशासन संवाददाता

काठमाडौं, चैत १७ । वाग्लुङ बडिगाड गाउँपालिका-७ डाँडागाउँ बस्ने गंगा बहादुर गुरुङको घरमा सोमबार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने कृष्ण बहादुर कुँवरको घरमा समेत फैलिएर दुबै जनाको गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी नवलपरासी(पश्चिम) प्रतापपुर गाउँपालिका-८ पिपरपातीस्थित माँ दुर्गा भेली उद्योग र शुभ लक्ष्मी भेली उद्योगमा सोमबार दिउँसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

दमलक र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!