आगलागीबाट लाखौंको धनमाल जेलर नष्ट

Posted on: February 25, 2021 | views: 185 सुशासन संवाददाता

सर्लाही, फागुन १३ । धनकौल गाउँपालिका-५ छठिघाट बस्ने बिलास महतोको घरमा ग्याँस सिलिण्डर लिक भई बुधबार बिहान आगलागी हुँदा ४ थान टिभी, लत्ताकपडा र अन्नपात समेत जेलर करिब ११ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!