आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Posted on: February 23, 2021 | views: 79 सुशासन संवाददाता

काठमाडौं, फागुन ११ । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ सनराईज चोकस्थित सोही नगरपालिका-७ हरहरमहादेव घर भएका केशव मल्लको कपडा पसलमा सोमबार राति आगलागी हुँदा लत्ताकपडा र फर्निचरका सामान जलेर करिब ३१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी उदयपुर बेलका नगरपालिका-३ रातापानी बस्ने सुमित्रा खत्रीको घरमा उनकै ७ वर्षीय छोरा रोशन खत्रीले लाईटर खेलाउने क्रममा परालको कुन्युमा आगो सल्किएर घरमा समेत सोमबार दिउँसो आगलागी हुँदा भाडावर्तन, लत्ताकपडा, अन्नपात र नगद २० हजार रुपैयाँ समेत जलेर करिब १५ लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!