आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: February 21, 2021 | views: 71 सुशासन संवाददाता

पर्सा, फागुन ९ । वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकस्थित भारतको रक्सौल घर भएका मुन्ना आलमको गाडीको सिट बनाउने पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा सिलाई मेशिन, रेक्जिन, सिटफम तथा अन्य सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!