आगलागीबाट लाखौंको क्षति

Posted on: February 17, 2021 | views: 74 सुशासन संवाददाता

काठमाडौं, फागुन ५ । काठमाडौं टोखा नगरपालिका-४ धापासी भेटघाट चोकस्थित ६० वर्षीय अशोक दोस्तीको जग्गमा रहेका ५ वटा कच्ची सटरमा मंगलबार राति आगालागी हुँदा बेकरी समान, मेसिन, लिकुईड सप र चिया पसल समेत जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको  छ । 

यसैगरी बागलुङ ढोरपाटन नगरपालिका-२ अर्नाकोट बस्ने ३७ वर्षीय मन बहादुर महतको घरमा मंगलबार बेलुका आगलागी भएको छ । स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ साथै क्षतिको विवरण आउन बाँकी रहेको छ ।

यसैगरी नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१ माकरस्थित सडकमा लु.१ ख ६५२३ नम्बरको माईक्रोबसमा अचानक तार सर्ट भई मंगलबार राति आगलागी हुँदा माईक्रो बस जलेर करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!