आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Posted on: November 05, 2020 | views: 180 सुशासन संवाददाता

काठमाडौं, कात्तिक २० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ थलङ बस्ने रणध्वज थलङको घरमा चुल्होमा आगो बाल्ने क्रममा बुधबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन, २ तोला सुन, १ लाख ५० हजार रुपैयाँ नगद लगायत गरी करिब २२ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 

आगोले पोलेर सामान्य घाइते भएका रणध्वजका २ वटा छोरीहरू र श्रीमतीको प्राथमिक स्वास्थ्य केन्द्र थलङमा उपचार भइरहेको छ । 

यसैगरी सर्लाहीको बिष्णु गाउँपालिका-१ बेल्वा बस्ने दिपक सिंहको आफ्नै कच्ची घरमा रहेको खाजा पसलमा बुधबार बेलुका आगलागी हुँदा घर, १ थान फ्रिज,  १० बोरा सिमेन्ट, कुर्सी टेबल लगायतका धनमाल जलेर करिब १ लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । 

 स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!