आगलागीबाट करिब १ करोडको क्षति

Posted on: October 28, 2020 | views: 211 सुशासन संवाददाता

बारा, कात्तिक १२ । जितपुर सिमरा उपमहानगरपालिका-९ छाता पिपरास्थित कोहिनुर स्टाईल कपडा फ्याक्ट्रीमा मेसिन वेल्डिङ गर्ने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा करिब १ करोड रुपैयाँ बराबरको मेसिन जलेर नष्ट भएको छ । 

आगलागीमा परी सामान्य घाइते भएका सोही फ्याक्ट्रीमा काम गर्ने भारत बिहार चन्पटीया बस्ने २३ वर्षीय सतिष कुमार महतोको वीरगंजस्थित ब्योधा अस्पतालमा उपचार भईरहेको छ । 

स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।  


Share your thoughts!