आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Posted on: October 15, 2020 | views: 100 सुशासन संवाददाता

धनकुटा, असोज २९ । धनकुटा नगरपालिका-१ राणाटोल बस्ने हस्त बहादुर रानामगरको घरको सुत्ने कोठामा करेन्ट सर्ट भई बुधबार बिहान आगलागी हुँदा नगद ३० हजार रुपैयाँ र विभिन्न सामानहरू समेत जलेर करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!