दाङमा आगलागीबाट २१ लाख ६० हजार रुपैयाँ बराबरको क्षति

Posted on: October 14, 2020 | views: 456 सुशासन संवाददाता

दाङ, असोज २८ ।  दाङमा भएको आगलागीबाट करिब २१ लाख ६० हजार रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार  गढवा गाउँपालिका-२ पचहा बस्ने ५४ वर्षीय श्याम किशोर चौधरीले सोही गाउँपालिका-२ गहुहारामा धान थ्रेसरमा दाउने क्रममा लु.अ.अ.अ.११८५ नम्बरको ट्याक्टरको ईन्जिनमा मंगलबार दिउँसो आगलागी हुँदा ट्याक्टर, थ्रेसर, धान, पराल समेत जलेर करिब २१ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!