आगलागीबाट २३ लाखको क्षति

Posted on: October 13, 2020 | views: 49 सुशासन संवाददाता

काठमाडौं, असोज २७ । काठमाडौं र रौतहट जिल्लाको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब २३ लाखको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरीका अनुसार  काठमाडौं महानगरपालिका-३ ग्रिनसिटी डेरा गरी बस्ने गोरखा शहिदलखन गाउँपालिका-९ घर भएका ३१ वर्षीय अमृत थापाको बाल्ट्रा होम सोलुसन प्रालिमा बिद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा विभिन्न सामान जलेर करिब २० लाख ८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी रौतहटको बौधीमाई नगरपालिका-७ सानो बंकुल बस्ने सत्यनारायण रामको घरमा लामखुट्टे धपाउन बालेको घुरबाट सोमबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!