आगलागीबाट १५ लाखको क्षति

Posted on: October 10, 2020 | views: 74 सुशासन संवाददाता

झापा, असोज २४ । बाह्रदशी गाउँपालिका-६ चैतुबारीस्थित बाह्रदशी चिया कमान अफिस र गोदाममा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुदाँ कार्यालयका कागजपत्र तथा मेशिनहरु सहित करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!