डोटीमा ३ सय एकल महिलालाई राहात वितरण गरिने

Posted on: September 15, 2020 | views: 107 सुशासन संवाददाता

डोटी, भदौ ३० । डोटी जिल्लामा दुई वटा स्थानिय तहका ३ सय एकल महिलालाई राहात वितरण गरिने भएको छ । 

मानव अधिकारका लागि महिला एकल महिला समुह डोटीले सिमान्तकृत महिलाको आवाज परियोजना अन्र्तगत मंगलबार जिल्ला सदरमुकाम डोटीमा आयोजना गरेको जनप्रतिनिधीहरु संगको समन्वय बैठकमा राहात वितरण गरिने जानकारी गराएको हो । 

विश्वमा महामारीको रुपमा रहेको कोभिड-१९को संक्रमणका कारणबाट जोखिममा परेका दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिका भित्र रहेका ३ सय एकल महिलाहरुलाई राहात सामाग्री बितरण गर्ने कार्यक्रम रहेको परियोजना जिल्ला कार्यक्रम अधिकृत लक्ष्मी देउवा बमले बताइन । उनले भनिन स्थानीय तहसंगको समन्वयमा दशै अगाबै राहात वितरण गरिने समेत बताइन् ।

राहात बितरणमा अपांग, दलित, जनजाती एकल महिलालाई बिशेष प्राथमिकता दिईने समेत अधिकृत बलमे बताइन। 

मानब अधिकारका लागि महिला एकल महिला समुह डोटीले डोटी जिल्लामा रहेका एकल महिलाहरुलाई राहात वितरण गर्नु प्रशंसनिय कार्य रहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मंजु मलासीले बताइन् । उनले भनीन कोरोना संक्रमणको जोखिम बढीरहेको समयमा एकल महिलालाई राहात सहयोग गर्नु  राम्रो कार्य हो हाम्रो पनि पूर्ण सहयोग रहने बताइन् । 

राहातमा प्रति ब्यक्ती ३० केजी चामल, २ लिटर तेल, १ केजी चिनी, १ केजी दाल, र १ केजी मिक्स दाल, गेडागुडी बितरण गरिने मानब अधिकारका लागि महिला एकल महिला समुह डोटीकी अध्यक्ष शरीता श्रेष्ठले बताइन् । 



Share your thoughts!