उदयपुरमा सर्पको टोकाईबाट ९ वर्षीय बालिकाको मृत्यु

Posted on: September 13, 2020 | views: 127 सुशासन संवाददाता

उदयपुर, भदौ २८ । उदयपुरको कटारीमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मुत्यु भएको छ । 

मृत्यु हुनेमा कटारी नगरपालिका ८ बग्नीगाउँका स्थानीय दिल बहादुर तामाङ्गकी ९ वर्षिया छोरी अस्मिता तामाङ्ग रहेको वडा अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । 

राती सुतेकै ठाउँमा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई सर्पले टोकेको उनका बुवा आमाले राती ३ बजे तिर थाहा पाएका थिए । 

विषालु सर्पले टोकेको उनलाई राती नै उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Share your thoughts!