पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Posted on: September 11, 2020 | views: 87 रासस

चितवन, भदौ २६ । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध  भएको छ । 

आज बिहान ८ देखि १० बजे चितवनको इच्छाकामना-६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । 

सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । 


Share your thoughts!