बिपी कोइरालाको १०७औँ जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफुल बितरण

Posted on: September 09, 2020 | views: 186 गणेश मौनी

डोटी, भदौ २४ ।  बिपि कोइराला युबा नेतृत्व बिकास मञ्च डोटीले बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा डोटी अस्पतालका बिरामि र सिलगढी स्थित पुज्य धर्मान्तक बृद्धा श्रमका बृद्धहरुलाई फलफुल बितरण गरेको छ ।  

कोरोनाको कहरकाबीच औपचारीक कार्यक्रमको आयोजन गर्न असम्भव भएका कारण गरीब र दुखिहरुलाई सहयोग गर्नुपर्ने बिपिको सिदान्त अनरुप बिरामि र बृद्धाहरुलाई फलफुल बितरण गरीएको मञ्चका डोटी अध्यक्ष रघु बहादुर कठायतले बताए । उनले भने बिपीको राष्ट्रियता, समाजवाद, लोकतन्त्र, मेलमिलाप लगायतका सैद्धान्तीक विषय अहिले पनि बहुस्विकार्य रहेकाले लोकतन्त्र प्रति विश्वास राख्ने सबैले स्वीकार गर्न सक्नु पर्ने बताए । 

नेपाली राजनीतिमा सर्वाधिक रुचाइएका र आदर गरिने नेताका रुपमा स्मरण गरिने कोईरालाको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो । उनि २०१५ सालमा नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनको सरकारले गरेका लोकप्रिय कामहरुबाट डराएर तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते उनलाई अपदस्त गरेर पंचायती शासन व्यवस्था लागु गरेका थिए । 

त्यसपछि पंचायती शासनका विरुद्धमा र प्रजातन्त्रका पक्षमा संघर्ष गर्दा गर्दै २०३९ साल साउन ६ गते उनको निधन भएको थियो । पछिल्लो समय कांग्रेसका नेता तथा कार्यकर्ताहरुले बिपिको सिदान्त र योगदान बिर्सिदै गएको आरोप लाग्दै आएको छ । 

कार्यक्रममा नेपाली कांग्रेस डोटीका नेता, कायकर्ता, जिल्ला अस्पतालका कर्मचारीहरु, नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो । 


Share your thoughts!