सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Posted on: March 25, 2020 | views: 70 सुशासन संवाददाता

काठमाडौं, १२ चैत । गुल्मी र  भक्तपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

गुल्मी, रेसुङगा नगरपालिका-४ मसिना पोखरीस्थित सडकमा लु.२ त ८०७२ नम्बरको ट्याक्टर मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक सोही नगरपालिका अर्खले बस्ने ६२ वर्षीय शेरबहादुर बुढाथोकीको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको छ । 

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीस्थित सडकमा बा.९० प ४०४० नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भई रोकी राखेको ना.६ ख ११०३ नम्बरको ट्रकको पछाडि ठक्कर खाँदा मोटरसाइकल चालक भक्तपुर कमलबिनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएका २८ वर्षीय उत्तर बहादुर तामाङको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनालाई थप उपचारको लागि केएमसी अस्पताल पठाइएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!