चोरीपैठारीको लत्ताकपडा बरामद

Posted on: February 13, 2020 | views: 68 सुशासन संवाददाता

झापा, फाल्गुन १ । झापाको मेचीनगर नगरपालिका १३ स्थित तेलीबारीबाट बुधबार एपीएफ टोलीले करीव तीन लाख ४४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ ।

भारतीय नम्बरको कारमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ । एपीएफ टोलीले त्यसवेला लत्ताकपडा ल्याउन प्रयोग भएको सो कार समेत बरामद गरेको छ ।

बरामद लत्ताकपडा तथा उक्त कार भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ । बरामद कारको भन्सार दाखिला मुल्य २० लाख रुपैयाँ रहेको छ ।


Share your thoughts!