छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Posted on: February 11, 2020 | views: 83 सुशासन संवाददाता

काठमाडौं, माघ २८ । मोरङ र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । 

मोरङ, बुढिगंगा गाउँपालिका-५ स्थित सडकमा को.२७ प ८३६७ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुनसरी दुहबी नगरपालिका-८ बस्ने २७ वर्षीय दिपेश चौधरीको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।  

चितवन, माडी नगरपालिका-६ तमुचोकस्थित सडकमा प्रदेश ३-००१ प.३५९६ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-३ बसन्तपुर बस्ने ५१ वर्षीय दामोदर बस्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनाका सम्बन्धमा  स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 


Share your thoughts!