जुवातास खेल्ने नियन्त्रणमा

Posted on: January 28, 2020 | views: 88 सुशासन संवाददाता

काठमाडौं, माघ १४ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने १० जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले सोमबार गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी स्थित जस्ताले छाएको एक टहरामा जुवातास खेलिरहेको अबस्थामा तिब्वत घर भई हाल बौद्ध बस्ने नवाङ कुन्साङ सहित १० जनालाई २ लाख ८१ हजार रुपैया सहित नियन्त्रणमा लिएको छ । 

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!