छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Posted on: January 14, 2020 | views: 87 सुशासन संवाददाता

काठमाडौं, पुस २९ । काठमाडौं र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं, महानगरपालिका-३२ तिनकुनेस्थित सडकमा बा.१० च ३०४ नम्बरको कार अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सुनसरी धरान उपमहानगरपालिका-१४ घर भएका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका निशानको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ आयल निगमस्थित सडकमा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको बसको ठक्करबाट सोही स्थान बस्ने ७२ वर्षीय राम बहादुर बिकको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री बिकको अल्पाइन अस्पताल सिमरा हुँदै नारायणी अस्पताल बीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!