छिमेकीले धकेल्दा लडेर मृत्यु, अभियुक्त पक्राउ

Posted on: September 29, 2019 | views: 49 सुशासन संवाददाता

गुल्मी, असोज १२ । छिमेकीले धकेल्दा लडेर गम्भीर घाइते भएका कालिगण्डकी गाउँपालिका-६ तल्लोकोरेङ बस्ने ६४ वर्षीय दुर्गादत्त ढकाल शर्माको शनिबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ४० वर्षीय टोप बहादुर सार्कीसँग मादक पदार्थ सेवन गरी झगडा हुँदा टोप बहादुरले धकेल्दा लडेर गम्भीर घाइते भएका दुर्गादत्तको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्तीघाटतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अभियुक्त टोपबहादुरलाई पक्राउ गरी प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!