एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Posted on: September 08, 2019 | views: 36 सुशासन संवाददाता

काठमाडौं, भदौ २२ । पर्साको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेटबाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय नरेश चौधरीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

लु ४८ प ५२४८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज चौधरीले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईजोल्याव १७ वटा, नोफिन १७ वटा, फेनारगन १७ वटा र ब्राउनसुगर २ पोका फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ ।

Share your thoughts!