कर्णाली राजमार्ग अवरुद्ध

Posted on: September 07, 2019 | views: 43 रासस

मान्म, २१ भदौ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । “अवरुद्ध राजमार्ग खुलाउन पहल थालिएको छ”, उनले भने, “अहिले डोजरको प्रयोग भइरहेको छ ।”

Share your thoughts!