सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Posted on: August 13, 2019 | views: 40 सुशासन संवाददाता

काठमाडौं, साउन २८ । सप्तरी र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

सप्तरी, अग्निसाईर कृष्ण सवरण गाउँपालिका-१ जण्डोलस्थित सडकमा सोमबार साँझ को.३४ प ८३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका-१ घोघिदह बस्ने अन्दाजी ६५ वर्षीय मोतिलाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-३ लायन्स चोकस्थित सडकमा प्रदेश नम्बर ३-०३- ००१ प ९२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३२ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!