एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

Posted on: August 12, 2019 | views: 33 सुशासन संवाददाता

काठमाडौं, साउन २७ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्क ईलाकाबाट आइतबार एपीएफ टोलीले करीव दुई लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

Share your thoughts!