छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Posted on: August 11, 2019 | views: 48 सुशासन संवाददाता

काठमाडौं, साउन २६ ।  छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सप्तरी, राजबिराज नगरपालिका-६ जग मोहनस्थित सडकमा स.८ प ९११६ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी करिब ७० वर्षीया महिला पैदलयात्रीको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, कबिलासी नगरपालिका-७ सिरसियास्थित सडकमा बीआर ३० एम ६४३२ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका सोही नगरपालिका- १० सलेमपुर बस्ने पैदलयात्री ईन्दल रायको छोरा १४ वर्षीय प्रबिन कुमार रायको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मी, चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरस्थित सडकमा लु.१९ प ८२७३ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका सोही गाँउपालिका-६ महाका बस्ने ४५ वर्षीय चित्र बहादुर सार्कीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र शान्तिपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उक्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!