एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

Posted on: August 09, 2019 | views: 54 सुशासन संवाददाता

काठमाडौँ, साउन २४ ।बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १४ स्थित बावुगाउँबाट बिहिबार एपीएफ टोलीले करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंजमा बुझाएको छ ।

        

Share your thoughts!