एपीएफ टोलीद्वारा अवैध चोरीपैठारी निकासीको सामान बरामद

Posted on: June 11, 2019 | views: 60 सुशासन संवाददाता

काठमाडौं, जेठ २८ । दार्चुला जिल्लाको मालिका अर्जुन गाँउपालिका ७ जोलजिवी ईलाकाबाट  एपीएफ टोलीले सोमबार करीब ४ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिडी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दार्चुला नम्बर ५० गुल्मबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १६ सय ८० बण्डल बिडी बरामद गरेको हो ।

 बरामद बिडी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

Share your thoughts!