एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Posted on: June 09, 2019 | views: 106 सुशासन संवाददाता

पर्सा, जेठ २६ । बिरगंज महानगरपालिका १६ भन्सारगेटबाट शुक्रबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका ४ बस्ने ४५ वर्षीय शेषनाथ साह छन । भारतबाट नेपालतर्फ आउदै गरेका निज साहलाई  सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा वालरेक्स २ बोतल, वनरेक्स २ बोतल, सिम्पलेक्स ५ वटा, नाईट्राभेट ८ वटा  फेला परेपछि पक्राउ गरिएको हो ।

 पक्राउ परेका निज साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

Share your thoughts!