चाउचाउ गोदाममा आगलागी

Posted on: June 08, 2019 | views: 139 रासस

चितवन जेठ २ । चितवन–पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज बिहान १०ः२० बजे रत्ननगर नगरपालिका–१४ मा रहेको एबिसी चाउचाउको गोदाममा आगलागी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ । विद्युत् चुहावट हुँदा आगलागी भएको उनले जानकारी दिए । 

स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ ।

Share your thoughts!