एपीएफ टोलीद्वारा साढे १२ किलो चाँदीसहित एक पक्राउ

Posted on: June 08, 2019 | views: 63 सुशासन संवाददाता

धनुषा, जेठ २५ । जनकपुर उपमहानगरपालिका २३ बिन्धीबाट शुक्रबार एपीएफ टोलीले करीब ७ लाख ८९ हजार रुपैयाँ बराबरको १२ के.जी.७ सय ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पिगौना ४ बस्ने ३४ बर्षिय बालवोध प्रशाद साह रहेका छन् । ज. ३ प ६२८९ नम्वरको मोटरसाईकलमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गण हेक्वा धनुषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शुसील प्रसाद पराजुलीको कमाण्डमा खटिएको एपीएफ टोलीले शंका लागी जाँच गर्दा निजको साथमा २ पोकामा गरी उल्लेखित चाँदी फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज साहलाई बरामद चाँदी तथा उक्त मोटरसाईकलसहीत आवश्यक कारवाहीको लागी जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ ।


Share your thoughts!