एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Posted on: June 07, 2019 | views: 76 सुशासन संवाददाता

रुपन्देही, जेठ २४ । सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट बिहिबार एपीएफ टोलीले करिव १ लाख १६ हजार रुँपैया बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याँउदै गरेको उल्लेखित मुल्यबराबरको लत्ताकपडा, मिठाई र हार्डवेयरका सामान सशस्त्र प्रहरी बल नेपाल, नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागी स्थानिय भन्सार कार्यालयमा बुझाएको छ ।


Share your thoughts!