अवैध रुपमा भारततर्फ लैजाँदै गरको कालो मरिच बरामद

Posted on: May 11, 2019 | views: 121 सुशासन संवाददाता

बारा, वैशाख २८ । सिम्रौनगढ नगरपालिका-७ कवलपुरबाट करिब २ लाख ८० हजार रुपैयाँ बराबरको १६ वटा बोरामा रहेको करिब ४ सय किलो कालो मरिच प्रहरीले बरामद गरेको छ । 

एक समूहले टाउकोमा बोकेको उक्त मरिच नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले फेला पारी रोक्न खोज्दा उनीहरु मरिच छाडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!