समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

Posted on: May 08, 2019 | views: 66 सुशासन संवाददाता

सुर्खेत, वैशाख २५ । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार महिला हिंसा सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका महिलाहरुलाई महिला हिंसा र घरेलु हिंसा सम्बन्धि कानूनी सचेतना प्रदान गरिएको थियो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेको प्रमुख आतिथ्य तथा कोपिला भ्याली सेवा समाज सुर्खेत संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Share your thoughts!