मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on: December 06, 2018 | views: 36 रासस

चितवन,मंसिर २० । भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको ना५९प २९९८ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि घाइते चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 

Share your thoughts!