स्थानीयद्वारा छ वटा मोटरसाइकलमा आगजनी

Posted on: December 03, 2018 | views: 63 रासस

लमही, मंसिर १७ । दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । 

गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।  स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए । 

Share your thoughts!