यसरी नियन्त्रणमा राख्नुहोस् नकरात्मक भावना

Posted on: October 16, 2017 | views: 532

हरेक मात्रामा केही न केही मात्रामा अनावश्यक भावनाहरु आउने गर्छन् । जसमा रिस, निराशालागतयका अनावश्यक भावनाहरु आउने गर्छन् तर यिनीहरुले वास्तविक जीवनमा कुनै फाइदा भने गर्दैनन् । मानिसमा आउने यस किसिमका भावनाहरुलाई जरैदेखि उखेलेर फाल्न पनि मिल्दैन । त्यसैले यसलाई नियन्त्रणमा राख्नु निकै आवश्यक हुन्छ । 

मानिस भएपछि कुनै न कुनै भावनाहरु आउनु स्वाभाविक भएको कारण आवश्यक भावनाहरुको सदुपयोग तथा अनावश्यक भावनाहरु नियन्त्रण गर्नु जरुरी हुन्छ । त्यसैले आफ्नो अनावश्यक भावनाहरुलाई यसरी नियन्त्रण गर्न सकिन्छ –

१. परिस्थिति बुझ्ने प्रयास 

कुनै पनि भावना परिस्थितिअनुसार आवश्यक र अनावश्यक हुन्छ । कुनै स्थानमा एक किसिमको भावना आवश्यक हुन्छ भने अर्को स्थानमा अर्कै किसिमको भावना राम्रो हुन्छ । यस्तोमा अनावश्यक भावनाहरु परिस्थिति प्रतिकूल हुने अवस्थामा आएको खण्डमा अन्तिम समयसम्म पनि त्यसलाई प्रकट भने गर्नुहुँदैन । साथै १० वा १५ मिनेट यो अवस्थाभन्दा बाहिर निस्किनुपर्छ । यसले भावनाहरु नियन्त्रणको लागि सहयोग गर्छ । 

२. परिस्थिति सन्तुलनमा ल्याउने प्रयास 

कुनै अवस्थामा मानिसहरुलाई निराशा छाउन सक्छ । विशेषगरी आफ्नो अपेक्षाभन्दा कम नतिजा हासिल भएको अवस्थामा यो समस्या आउनसक्छ ।  यस्तोमा आफ्नो निराशा घटाउनका लागि सकारात्मक ढङ्गले उक्त नतिजालाई नियाल्नु राम्रो हुन्छ । यसले आफ्नो अपेक्षा कतिसम्मको हुनुपर्ने हो भन्ने कुराको जानकारी पनि मानिसमा हुन आउँछ । 

३. ध्यान विकेन्द्रित गर्नु 

मानिसको ध्यान नकारात्मक भावना आएको बेलामा सम्बन्धित अवीथा भन्दा बाहिर जान चाहँदैन । यस्तोमा आफ्नो भावनालाई नियन्त्रण गर्नको लागि सम्बन्धित अवस्थाभन्दा ध्यान विकेन्द्रित गर्नु जरुरी हुन्छ । यसरी ध्यान अर्कोतर्फ मोड्नाले केही समयमा आफ्नो भावनामा केही परिवर्तन हुन सक्छ । 

४. आफ्नो सोचाइमा परिवर्तन 

भावना नियन्त्रणको अर्को महत्वपूर्ण पाटो भनेको सोचाइमा परिवर्तन गर्नु हो । नकारात्मक भावनाहरु आएको खण्डमा आफ्नो सोचाइमा परिवर्तन ल्याई अवस्थाबाट पार पाउनु जरुरी हुन्छ । साथै आफ्नो कोहीप्रतिको निकै नकारात्मक भावनालाई पनि परिवर्तन गर्दै सकारात्मकम तरिकाबाट हेर्ने कोसिस गर्नुपर्छ । 

५. प्रतिक्रियामा सुधार गर्नु 

यदि आएको नकारात्मक भावनालाई रोक्नका उल्लेखित सबै योजनाहरु असफल भएको खण्डमा आफ्नो प्रतिक्रियामा सुधार गर्नु जरुरी हुन्छ । सकेसम्म कुनै पनि प्रतिक्रिया नदिनु राम्रो हुन्छ । यदि प्रतिक्रिया दिनै परेको अवस्थामा सम्हालिएर आफ्नो भावनाभन्दा माथि उठेर सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिनु राम्रो हुन्छ । 


Share your thoughts!