मह खानुका फाइदाहरु

Posted on: January 28, 2018 | views: 1319

मह खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ, यो धेरैलाई थाहा भएकै कुरा हो । यद्यपि मह खानाले स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा भने सबैलाई थाहा नहुन पनि सक्छ । विशेषतः महको नियमित सेवनले मानिसलाई निम्न कुराहरुमा सहयोग पुग्छ– 

१. सन्तुलित तौल 

एक अध्ययनले मानिसहरुलाई आफ्नो तौल घटाउने राम्रो उपाय महको नियमति सेवन रहको देखिएको छ । महको सेवनले शरीरमा रहेको अत्यधिक मात्राको सुगर कम गराएर तौल सही अवस्थामा राख्नका लागि सहयोग पुग्छ । साथै महको सेवनले मानिसको मस्तिष्कमा पनि सकारात्मक असर पर्छ । अनुसन्धानको क्रममा आफ्नो तौल सन्तुलित अवस्थामा राख्ने मानिसहरुले आफ्नो बिहानको खाजामा केही मात्रामा महको सेवन पनि गर्ने गरेको पाइएको थियो । 

२. एलर्जीबाट छुटकारा

कच्चा महको सेवनले मानिसलाई कुनै संक्रमणबाट पनि बचाउँछ । साथै प्रतिरक्षा क्षमता पनि बढाउँछ । महमा बाहिरी वातावरणबाट हुनसक्ने सबै किसिमको संक्रमणबाट बच्ने क्षमता हुन्छ । सन् २०१३ मा गरिएको एक अनुसन्धानले मानिसहरुले आफ्नो तौलअनुसार एक किलोग्रामबराबर एक ग्राम महको सेवन गर्नाले आठ सातासम्म एलर्जीबाट छुट्कारा मिल्ने देखाएको थियो । 

३. प्राकृतिक ऊर्जाको स्रोत 

शुद्ध महमा ८० प्रतिशत प्राकृतिक सुगरको मात्रा हुन्छ भने १८ प्रतिशत पानीको मात्र हुन्छ र बाँकी पौष्टिक तत्व, भिटामिन, प्रोटिनलगायतका शरीरलाई अत्यावश्यक पदार्थहरु हुन्छ । जसको सेवनले मानिसलाई प्राकृतिक हिसाबमा नै उल्लेख्य मात्रामा प्राकृतिक ऊर्जा प्रदान गर्छ । 

४. विभिन्न रोगहरुबाट छुट्कारा 

महको सेवनले मानिसलाई विभिन्न किसिमका रोगहरुबाट छुट्कारा पाउनका लागि सहयोग पुग्छ । महले मानिसको पाचन प्रणालीमा सुधारको लागि सहयोग पु¥याउँछ भने मुटुको रोग र क्यान्सरको जोखिम पनि कम गर्न सहयोग पु¥याउँछ । 

५. राम्रो निद्रा

निद्राको लागि पनि मह निकै महत्वपूर्ण औषधि हो । सुत्नुअघि मह सेवन गर्नाले मानिसको कलेजोलाई सही अवस्थामा काम गर्नको लागि सहयोग पुग्छ भने मस्तिष्कमा पनि सकारात्मक प्रभाव पर्न जान्छ, जसको कारण मानिसलाई राम्रो निद्रा पर्छ ।  

६. घाउचोट निको पार्न सहयोग

महले कुनै पनि घाउ चोट छिटो निको पार्नका लागि पनि सहयोग पुग्छ । न्युजिल्याण्डको एक विश्वद्यालयमा गरिएको अध्ययनको क्रममा महले घाउ छिटो पार्नका लागि सहयोगी भूमिका खेल्ने देखिएको थियो । आगोले पोलेको तथा अन्य कारणले चोट लागेको स्थानमा मह निकै उपयोगी हुने बताइएको छ । 

७. सुगर रोगीलाई उपयोगी 

शुद्ध महको नियमित सेवनले सुगरको मात्रालाई नियन्त्रणमा राख्न सहयोग पुग्छ । साथै महको प्रयोगले खोकीको समस्या पनि समाधानको लागि सहयोग पुग्छ ।

Share your thoughts!