साहसी खेलका फाइदाहरु

Posted on: December 05, 2017 | views: 459

पछिल्लो समय युवापुस्ताहरुमा सहसी खेलहरुको विषयमा चासो बढ्दै गएको पाइन्छ । सामान्य हिसाबमा भ्रमण स्वास्थ्यको हिसाबमा निकै उपयुक्त मानिन्छ । तर साहसी खेलहरुको लागि गरिने भ्रमण कत्तिको उपयुक्त हुन्छ त ? यस किसिमको भ्रमण किन गर्ने भन्ने प्रश्न धेरैमा हुन्छ । साहसी भ्रमणका फाइदाहरु निम्न प्रकार रहेका छन् । 

१. प्रतिरक्षा क्षमतामा वृद्धि

वैज्ञानिकहरुका अनुसार पछिल्लो समय आधुनिक जीवनशैलीका कारण विभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने अत्यधिक बढेको छ । यो समस्या समाधानको लागि आफ्नो प्रतिरक्षा क्षमतामा विस्तार गर्नु जरुरी हुन्छ । त्यसका लागि साहसी खेलहरुले सहयोग पु¥याउँछ । साथै मानिसको मनमा रहेको नकारात्मक भावना हटाउनको लागि पनि यसले ठूलो सहयोग गर्छ । 

२. शारीरिकरुपमा स्वस्थ 

घरभन्दा बाहिरको शान्त स्थानमा बस्ने बानीले मानिसको अवस्थामा सुधार आउने वैज्ञानिकहरुले बताउँदै आएका छन् । कुनै बगैंचामा गएर मात्र बस्नाले पनि मानिसको स्वास्थ्यमा ठूलो प्रभाव पर्नसक्छ । यस्तोमा साहसी खेल भने यी सबैभन्दा माथिल्लो स्तरको क्रियाकलाप हो । जसले शरीरिकरुपमा स्वस्थ रहनको लागि महत्वपूर्ण भूमिका निभाउन सक्छ । 

३. उमेरको हदबन्दी नहुनु 

साहसी खेलको लागि समक्ष जुनसुकै उमेरका मानिसहरु पनि जान सक्छन् । यो उमेरका मानिसहरुले यस किसिमको खेलमा सामेल हुन पाउने र अन्य उमेरका मानिसहरुले नपाउने भन्ने हुँदैन । साथै यसले सबै उमेरसमुहका मानिसहरुलाई फाइदा नै पु¥याउँछ । 

४. मतिष्कको विकास 

साहसी खेल वा हाइकिङमा जाने मानिसको मष्तिकको विकासमा पनि सहयोग पुग्छ । धेरै मानिसहरुलाई अत्यधिक बिर्सिने वा कुनै सम्झन पनि सामान्यभन्दा बढी समय लाग्ने समस्या छ भने त्यस्ता मानिसहरु हाइकिङ वा साहसी खेलको लागि केही समय जानु राम्रो हुन्छ । 

५. धैर्य बढ्नु 

साहसी खेलमा जाने मानिसहरुमा धैर्यताको विकास हुने सम्भावना बढी हुन्छ । साहसी खेलमा धेरैजसो स्थानमा धैर्यताको खाँचो हुने र अन्योलता पनि अत्यधिक हुने भएकोले कुनै पनि अन्योलतामा धैर्यता आवश्यक हुन्छ भन्ने कुराको ज्ञान उनीहरुलाई हुन्छ । 

६. सिर्जनशीलताको विकास 

साहसी खेलमा जाने मानिसहरुले कुनै पनि कुरामा विकल्पको विषयमा सोच्ने गर्छन् । जसको कारण उनीहरु सिर्जनात्मक काममा सरिक हुने सम्भावना पनि बढी हुन्छ । 

७. मानसिक स्वास्थ्यमा सुधार 

साहसी खेलहरुमा जाने वा हाइकिङमा जाने मानिसहरुको मानसिक स्वास्थ्यमा पनि निकै सकारात्मक प्रभाव पर्ने गरेको वैज्ञानिकहरु बताउँछन् । 

८. आत्मविश्वास बढ्नु

मानिसको मनोबल बढाउनका लागि पनि यस किसिमका साहसी खेलहरु महत्वपूर्ण हुन्छन् । म केही गर्न सक्छु भन्ने आँट मानिसहरुमा यसले बढाउँछ । जसले मानिसहरुको निराशा तथा डिप्रेसनको समस्याबाट पनि पार पाउनका लागि सहयोग गर्छ । 


Share your thoughts!