सिल्क एयरको जहाजमा एनआरएन अध्यक्षको 'ताण्डव'!

Posted on: August 25, 2019 | views: 5167 सुशासन सम्वाददाता

काठमाडौं, भदौ ७। रातको करिब पौने दस बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर उड्ने तयारीमा थियो सिल्क एयरलाइन्सको फ्लाईट नम्बर एसएलके ४१३ (कल साइन एमआइ ४१३) बोइङ ७३७ बिमान। जहाजको ढोका बन्द गरेर उडानको तयारी गर्दै गर्दा भिआइपी जस्ता देखिने दुई पुरुषले उडानदलका सदस्यसंग एकाएक अभद्र व्यबहार गर्न थाले। मदिराले अनियन्त्रित भएर ‘क्रु मेम्बर’ (उडानदल सदस्य) लाई अभद्र व्यवहार गरेपछि जहाजले प्रहरीको सहयोग माग्यो। मदिराले अनियन्त्रित भएका उनिहरुलाई सिंगापुर लैजान जोखिम हुने देखेपछि चालकदलका सदस्यहरु उनिहरुलाई जहाजबाट उतार्ने निर्णयमा पुगिसकेका थिए।

प्रहरी पुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका कर्मचारी समेतको सहयोगमा सिल्क एयरको उडान दलका सदस्यहरुले ती ब्यक्तिहरुलाई जहाजबाट बाहिर निकाले। जहाजबाट निकाल्दै गर्दा उनिहरुले ड्युटीमा खटिएको प्रहरी, उडानदलका सदस्य र बिमानस्थलका कर्मचारीहरुलाई अत्यन्तै अभद्र व्यबहार गरेको प्रत्यक्षदर्शी एक प्रहरी जवानले सुशासन न्युजलाई बताए। 'उहाँहरुलाई उतारेर जहाज गन्तब्यतर्फ उड्यो, पछि हामीले सोधपुछ गर्दा जहाजबाट निकालिएका ब्यक्ती गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र उनकै कम्पनीमा आवद्ध सन्चारकर्मी सनत न्यौपाने रहेको खुल्यो।' ती जवानले भने। 'उहाँहरुले हामीलाई नै कुट्न खोज्नुभएको थियो, तर हामीले सम्झाएर पठाइदियौ।' उनले भने।

सिल्क एयरको नियमित उडानबाट शनिबार सिंगापुर जान लागेका अध्यक्ष भट्ट सहितको टोलीले उडानदल सदस्यहरुलाई अभ्रद व्यवहार गरेपछि प्रहरीको सहयोगमा जहाजबाट निकालेर फिर्ता पठाइएको त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा पुष्टि गरेका छन्। त्यसो त जहाजबाट उतारेर बसमा चढाउन लागेपछी भट्टका सहयोगी सनत न्यौपानेले आफ्नो फेसबुकबाट भिडियो लाइभ गरेका थिए। भट्टको कम्पनी बिबि होल्डिङ्समा आवद्ध न्यौपाने लामो समयदेखी संचारक्षेत्रमा आवद्ध छन्।शुभदिन डटकम नामको अनलाइन न्युज पोर्टलका संचालक न्यौपानेले लाइभ गरेको भिडियो सुशासन न्युजसंग सुरक्षित छ।

त्रिभुवन बिमानस्थल सुरक्षा स्रोतका अनुसार उनीहरुलाई जहाजबाट उतारिने (अफलोड गर्ने) भएपछि आफूहरु ‘ठुलो मान्छे’ भएको भन्दै उडानदल सदस्यलाई समेत थर्काएका थिए । प्रहरीको सहयोगमा ‘अफ लोड’ गरिदा प्रहरीलाई समेत उनीहरुले अभ्रद व्यवहार गरेको सुरक्षास्रोतले बतायो । सिल्क एयर भने उनीहरुलाई ‘अफ लोड’ गरेर निर्धारित समयभन्दा व्क घण्टा ढिलो गरी सिंगापुरको लागि प्रस्थान गरिसकेको छ।

Share your thoughts!