ट्रम्पको एक वर्ष र अमेरिकी अर्थतन्त्र

Posted on: January 22, 2018 | views: 520 द इन्डिपेन्डेन्ट

एक वर्षअघि अमेरिकाको राष्ट्रपतिको रुपमा शपथ लिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका थप समृद्धशाली तथा बलियो बन्दै जाने घोषणा गरेका थिए । यद्यपि उनले आफ्नो पदभार ग्रहण गरेको एक वर्ष पूरा भएको छ  । यस अवधिमा अमेरिकी अर्थतन्त्रले कस्तो प्रदर्शन गरिरहेको छ ? अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारको कति जस उनले पाउँछन् ? र पछिल्लो १२ महिनाको अवधिमा ट्रम्पले दीर्घकालीनरुपमा अमेरिकालाई फाइदा हुने किसिमका कति निर्णयहरु गरे ? भन्ने प्रश्नहरु अहिले खडा भएका छन् । जसमध्ये केही कुराहरु यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।

अमेरिकाको सेयर बजारमा के भयो ? 

ट्रम्पको लागि अघिल्लो वर्षको समग्र अवधिमा सबैभन्दा राम्रो आर्थिक तथ्यांक भएको क्षेत्र हो । जनवरी ५ मा ट्रम्पले ट्वीट गरेअनुसार सन् २०१६ को नोभेम्बरदेखि डिसेम्बरअन्तिमसम्मको अवधिमा अमेरिकी सेयर बजारमा ६० खर्ब डलरबराबरको सम्पत्ति थप भएको पाइएको छ । साथै यो अवधिमा अमेरिकी सेयर सूचक पनि अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । 

अहिले देखिएको नतिजाहरु निकै आकर्षक देखिए पनि यसअघि ट्रम्पले घोषणा गरेको नतिजाको तुलनामा भने यो नतिजा कमजोर रहेको पाइएको छ । 

अमेरिकी सेयर सूचक डोले सबै मानिसहरुको समष्टिगत हिसाबमा नतिजा सार्वजनिक गर्ने गरेको कारण पनि यो नतिजाले वास्तविक औद्योगिक विस्तारको नतिजालाई भने देखाउँदैन । जसको कारण ट्रम्पले अहिले सार्वजनिक गरेको विवरणमा पूर्णतः सत्यता भने नरहेको देख्न सकिन्छ । एक हजारको अंकले उक्त सूचकमा सुधार आएको देखिएको छ । यो नतिजा सामान्य हिसाबमा सेयर बजारमा उल्लेख्य सुधारको नतिजा हो तर प्रतिशतको हिसाबमा भने यो नतिजा खासै ठुलो हुन आउँदैन जबकी यसलाई लिएर ठुलो सुधार आएको अनुभूति होस् ।

ट्रम्पले आफ्नो एक वर्षको अवधिमा ६० खर्ब डलरबराबरको रकम थपिएको बताएका छन् । यो नतिजा वास्तविक हिसाबमा गणना गर्ने हो भने केवल ५५ खर्ब डलर हुन आउँछ । यद्यपि यो नतिजा यसअघिको १६ खर्बको तुलनामा भने बलियो नतिजा हो । 

कति मात्रामा ट्रम्पले यसको जस पाउँछन् ? 

राष्ट्रपतिको निर्वाचन भएसँगै अमेरिकाको बजारको समग्र मूल्यमा उल्लेख्य सुधार आइरहेको देखिएको छ । बजार विश्लेषकहरु भने अहिले हासिल भइरहेको नतिजाको लागि ट्रम्पको निर्वाचन प्रचारको क्रममा गरिएको वाचाहरु जिम्मेवार रहेका छन् । उनले निर्वाचन प्रभासको क्रममा अघि सारेको योजनाहरुमा प्रमुख संरचना विस्तार गर्ने र करमा कटौती गरिने बताएका थिए । जसको कारण आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो । अहिले करमा कटौती गरिएको छ तर संरचनामा भने कुनै लगानी गरिएको छैन । 

त्यसका साथै अमेरिकाको कूल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धिदरमा पनि उनको योगदान रहेको छ । कम्पनीहरुको मूल्यांकनमा विस्तार गर्न लगाएको कारण पनि त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको हो । सन् २०१७ को समग्र अवधिमा विश्व  अर्थतन्त्रमा महत्वपूर्णश सुधार आएको देखिएको छ । अमेरिकाको साथै युरोपको बजारमा पनि अघिल्लो वर्षको समग्र अवधिमा उल्लेख्य सुधार आएको देखिएको छ । जसको कारण पनि ट्रम्प मात्र आर्थिक सुधारको कारण भने नहुन पनि सक्छन् । 

रोजगारीको अवस्था कस्तो छ ? 

डोनाल्ड ट्रम्प आएपछि अमेरिकाको रोजगारीको क्षेत्रमा महत्वपूर्ण सुधार आएको देखिएको छ । ट्रम्पले आफ्नो पदभार ग्रहणको समयमा अमेरिकाबाट बाहिर गएको रोजगारी आफ्नै मुलुकमा फिर्ता ल्याउने निर्णय गरेका थिए । त्यसैअनुसार उनले बारम्बार अमेरिकाको रोजगारी आफ्नै मुलुकमा फिर्ता आइरहेको बताउँदै आएका छन् । 

ट्रम्पको प्रशासनमा अमेरिकाको औसत मासिक रोजगारी सिर्जना एक  लाख ७० हजार रहेको देखिएको छ । आधिकारिक रुपमा अमेरिकाको बेरोजगारी चार दशमलव १ प्रतिशतमा झरेको छ । यो नतिजा अघिल्लो वर्षको जनवरी महिनामा चार दशमलव ८ प्रतिशतमा रहेको थियो । अहिले हासिल भएको रोजगारीको नतिजा सन् २००० यताकै सबैभन्दा उच्च विन्दुको नतिजा हो ।  रोजगारीमा सुधार आएको भए पनि ट्रम्पले भने वास्तवमै रोजगारीमा सुधारको लागि खासै कुनै योजना अघि नसारेको देखिन्छ । 

रोजगारीको सुधारको हिसाबमा ट्रम्प पूर्वराष्ट्रपति बाराक ओबामाको तुलनामा तीव्र गतिको सुधार हासिल गर्ने नेताका रुपमा देखिएका छन् । ओबामाले सन् २००९ को गिरावटपछि १० प्रतिशतमा रहेको बेरोजगारीलाई उक्त विन्दुसम्म ल्याएका थिए । अहिले ट्रम्पको पक्षमा धेरै नतिजाहरु त देखिन्छन् तर अमेरिकामा नै रोजगारी फिर्ता ल्याउनका लागि भने उनले खासै ठुलो पहल गरेको देखिँदैन ।

यसको विपक्षमा हेर्ने हो भने अमेरिकाले पछिल्लो एक वर्षको अवधिमा ९३ हजार रोजगारीहरु हराएको पाइएको छ । यो नतिजा पछिल्लो पाँच वर्षको औसतमा ८७ हजारमा रहेको थियो । 

जीडीपीको अवस्था कस्तो छ ? 

कूल गार्हस्थ्य उत्पादन जीडीपीमा पनि अमेरिकाले पछिल्लो समय उल्लेख्य सुधारको नतिजा हासिल गरेको छ । अघिल्लो वर्षको सुरुवाती तीन महिनाको अवधिमा एक दशमलव २ प्रतिशतको वार्षिक वृद्धिदर हासिल गरेको अमेरिकाले तेस्रो त्रैमासिक अवधिमा तीन दशमलव २ प्रतिशतको वार्षिक सुधारको नतिजा हासिल गरेको थियो । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिकाको वार्षिक आर्थिक वृद्धिदरको नतिजा दुई दशमलव २ प्रतिशतमा रहने अनुमान गरेको छ । यो नतिजा अघिल्लो वर्षको लागि एक दशमलव ५ प्रतिशतमा रहेको थियो । 

अहिले हासिल हुन लागेको आर्थिक सुधारको नतिजासँगै अमेरिका जी७ का मुलुकहरुमा नै दोस्रो सबैभन्दा ठुुलो आर्थिक सुधार हासिल गर्ने मुलुक बन्न सफल भएको छ । साथै आगामी वर्षको लागि अमेरिकाको आर्थिक वृद्धिदरको नतिजा दुई दशमलव ३ प्रतिशतमा रहने अनुमान गरिएको छ । यो नतिजा अमेरिकाको लगि धनी मुलुकहरुमै सबैभन्दा ठुलो आर्थिक सुधारको नतिजा हुनसक्ने बताइएको छ । 

कर कटौतीको अमेरिकाको योजना 

यसअघि अमेरिकामा आगामी दिनमा उल्लेख्य करमा कटौती गरिने बताएका ट्रम्पले अघिल्लो आर्थिक क्षेत्रको सुधारको लागि ल्याएको सबैभन्दा महत्वपूर्ण नतिजा हो । यो नतिजाले अमेरिकाका मानिसहरुलाई व्यक्तिगत हिसाबमा भने केही राहत पुग्ने देखिन्छ । यो निर्णयको विषयमा अमेरिकामा पनि निकै विवाद देखिएको थियो । 

अमेरिकाको भविष्य कस्तो देखिन्छ ? 

पछिल्लो एक वर्षको अवधिको नतिजालाई हेर्ने हो भने अहिले अमेरिका केही बलियो अवस्थामा रहेको देख्न सकिन्छ । यद्यपि ट्रम्पले ल्याएका योजनाहरु भने अमेरिकालाई सहयोग पुग्ने किसिमको भने देखिँदैन । उनले अहिले अघि सारेको योजनाको कारण आगामी दिनमा अमेरिकाको समग्र आर्थिक क्षमतामा नै असर पर्नसक्ने देखिन्छ । 

Share your thoughts!