सबैभन्दा बढी बिक्छन् यी कम्पनीका स्मार्टफोन

Posted on: January 15, 2018 | views: 489 एजेन्सी

विश्वका केही मात्र यस्ता मानिसहरु होलान्, जसले स्मार्टफोनको प्रयोग गर्दैनन् । यद्यपि केही पिछडिएका मुलुकहरुको अवस्था भने केही फरक रहेको छ । स्मार्टफोन विश्वभरका मानिसहरुको आधारभूत आवश्यकता बन्दै गएको छ । प्रविधिको विकाससँगै मोबाइल फोन अब फोन नभई स्मार्टफोन बनिसकेको छ । यस्तोमा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनीहरु यस्ता रहेका छन् –

१. सामसुङ


दक्षिण कोरियन कम्पनी अहिले विश्व बजारमा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी हो । यो कम्पनीले स्मार्टफोनको साथै स्मार्टफोन चिप्स र स्क्रिनको पनि व्यापार गर्ने गरेको छ । विश्व बजारमा सामसुङको समग्र व्यापारको हिस्सा २३ दशमलव ३ प्रतिशत रहेको छ । गएको वर्ष कम्पनीले समग्रमा सात करोड ९८ लाख स्मार्टफोन बिक्री गरेको थियो । 

२. एप्पल


सामसुङ कम्पनीपछि विश्वभरमा एप्पल कम्पनीका स्मार्टफोनहरु सबैभन्दा बढी बिक्री हुने गरेका छन् । विश्व बजारमा उसका स्मार्टफोनको हिस्सा १२ प्रतिशतबराबरको रहेको छ । अघिल्लो वर्ष उसले चार करोड १० लाख आईफोनको व्यापार गरेको थियो । वार्षिक हिसाबमा उसले १५ प्रतिशतको व्यापारिक वृद्धिदर हासिल गरेको हो । एप्पलले निर्माण गरेका स्मार्टफोन मात्र नभई ल्यापटप, म्याकबुक, आईप्याडलगायतका अन्य उत्पादनहरु पनि निकै गुणस्तरीय रहने गरेका छन् । गएको नोभेम्बर महिनामा एप्पलले विशव बजारमा आईफोन एक्स सार्वजनिक गरेको छ तर कम्पनीले माग अनुसारको यो उत्पादन बजारमा ल्याउन भने सकेको छैन । 

३. हुवावे


चिनियाँ कम्पनी हुवावेको पनि विश्व बजारमा राम्रो प्रभाव छ । यो कम्पनीका स्मार्टफोनले विश्व बजारमा ११ दशमलव ३ प्रतिशतको हिस्सा ओगटेको छ । अघिल्लो वर्ष हुवावेले तीन करोड ८५ लाख स्मार्टफोनको व्यापार गरेको थियो । अमेरिकाको बजारमा अहिले पनि हुवावेको व्यापार राम्रो हुन सकेको छैन जसको कारण केही मात्रामा हुवावे कम्पनी कमजोर देखिएको छ । यो कम्पनीले स्मार्टफोनका साथै कम्प्युटर, ट्याबलेट र ब्राण्डब्याण्ड डिभाइस पनि निर्माण गर्ने गर्छ । 

४. ओप्पो 


स्मार्टफोनको व्यापारको हिसाबमा ओप्पो कम्पनी चौथो स्थानमा रहेको छ । अघिल्लो वर्ष उसले समग्रमा दुई करोड ७८ लाख स्मार्टफोनहरुको व्यापार गरेको थियो । विश्व बजारमा उसको हिस्सा आठ दशमलव १ प्रतिशत रहेको छ । यो कम्पनीले अघिल्लो वर्षको समग्र व्यापारमा १५ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो । पछिल्लो समय कम्पनी अन्तर्राष्ट्रिय बजारमा आफ्नो व्यापार तीव्र गतिमा विस्तार गरिरहेको छ ।

५. साओमी 


साओमीले निर्माण गरेको स्मार्टफोन भारतीय बजारमा अत्यधिक बिक्री हुने गरेका छन् । साओमी भारतमा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनीमा पर्छ । विश्वव्यापी हिसाबमा भने साओमी स्मार्टफोनको बजारमा पाँचौं स्थानमा रहेको छ । अघिल्लो वर्ष उसले दुई करोड १२ लाख स्मार्टफोनको व्यापार गरेको थियो । बजारमा उसको हिस्सा छ दशलमव २ प्रतिशतको रहेको छ । यो कम्पनीले स्मार्टफोनको साथै अन्य उपभोग्य विद्युतीय सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ । साथै कम्पनी ड्रोनको व्यापारमा पनि अग्रसर देखिएको छ ।

Share your thoughts!