एलियनहरुसँग सम्बन्ध जोडिए के होला ?

Posted on: December 04, 2017 | views: 620

एक दशकभन्दा लामो समयदेखि हामीहरु अन्तरिक्षबाट कुनै सन्देश आउने प्रतीक्षामा रहेका छौं । सेती एनालाइज जस्ता संस्थाहरुले असामान्य रेडियो सिग्नलहरु पठाएर एलियनहरुको बसोबास छ वा छैन भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन् । यद्यपि वास्तवमै एलियनहरुले यो आवाज सुनेको खण्डमा के होला ? 

करिब ४० वर्षअघि रेडियो खगोलविद् जेरी एहम्यानले आकाशको केही भाग स्क्यान गरेर एलियनहरुको बसोबासको विषयमा केही सिग्नलहरु हासिल गर्ने प्रयास गरेका थिए । त्यतिकैमा उनले केही महत्वपूर्ण विवरणहरु हासिल गरे । उनले हासिल गरेको विवरण निकै छोटो थियो र त्यो विष्फोट पनि भयो । यद्यपि यो तत्कालै भएको एक आकाशवाणीको रुपमा दर्ता भएको थियो । यो घटनापछि उनले एक कलम लिए र लेखे – ‘वाउ’ । 

उनले पाएको ‘वाउ’ संकेत के हो भन्ने विषयमा उनले कहिल्यै पनि विस्तृतमा जानकारी दिएनन् । साथै त्यसपछि अहिलेसम्म अन्तरिक्षबाट त्यस किसिमको कुनै पनि संकेत सुनिएको छैन । यद्यपि अहिले एक्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स (सेती) इन्स्टिच्युटले पनि अन्तरिक्षबाट आउने आवाज सुन्ने प्रयास गरिरहेको छ । जसको कारण सौर्य मण्डल वा अन्त कुनै ग्रहमा जीवन सम्भव रहेको पुष्टि गर्न सकोस् । 

यदि सेतीले कुनै आवाज अन्तरिक्षबाट सुनेको खण्डमा के होला ? उसले यो आवाज एलियनहरुले नै पठाएका हुन् भन्ने कुराको कसरी पुष्टि गर्न सक्छ ? नयाँ साइन्स च्यानलको डकुमेन्ट्रिले खगोलविद्ले कसरी एपोले १० मिसनबाट संगीत सुन्न सक्छन् भन्ने कुरा देखाएको थियो । 

धेरै वैज्ञानिकहरुले सामान्य हिसाबमा यो रेडियो इन्टरफेरेन्स (एक विशिष्ट श्रृङ्खला)को माध्यमबाट पत्ता लगाउने सकिने बताएका छन् । एक एपिसोडमा अन्तरिक्षको एक स्थानबाट अर्को स्थानमा कसरी आवाज छुट्याउने भन्ने विषयमा पनि प्रश्न गरिएको थियो । अन्तरिक्षबाट कुनै आवाज आएको खण्डमा पनि त्यो सामान्यजस्तै हुने र यसबाट आवाजको पहिचान गर्न कठिन हुने बेलायतको बेकेट विश्वविद्यालयका डक्टर जोन एलिओट बताउँछन् । 

सेतीको ‘पोस्ष्ट–डिटेक्सन टास्क ग्रुप’ वैज्ञानिकहरुको रेडियो टेलिस्कोपबाट विश्वव्यापीरुपमा रेडियो सिग्नलको विषयमा अध्ययन गर्ने समूह हो । एलिओेट यो समूहका एक सदस्यसमेत हुन् । उनले धेरैजसो अनुसन्धानको समय यदि एलियनहरु भेटिए भने के हुन्छ भन्ने सोच्दैमा बिताएका थिए । साथै उनी यो संगठनमा सन् १९९९ देखि संलग्न हुँदै आएका छन् । उनका अनुसार दैनिकजसो धेरै किसिमका सिग्नलहरु पाइने गरिएकोमा उक्त समूहको काम दुई दिनमा एउटा सिग्नलको मूल्यांकन गर्नु रहेको थियो । 

“यदि त्यहाँ कुनै किसिमको बारम्बार दोहोरिने किसिमको श्रृङ्खला आयो भने यो सबैभन्दा चासोको विषय हुन सक्छ” एलिओटले भने । उनका अनुसार हामीसँग एलियनहरुले तत्कालै कुरा गर्छन् भन्ने कुरा सोच्न गाह्रो छ तर उनीहरुले केही बोलिरहेका छन् भन्ने कुराको जानकारी पत्ता लगाउने प्रयास जारी रहेको छ । 

अहिले सेतीले सम्भावित संकेतहरुको सूची तयार गरेर राखेको छ । साथै कुन किसिमका संकेतहरु कहाँबाट आए र कहाँ उत्पन्न भए भन्ने कुरा निकै महत्वपूर्ण रहेको बताइएको छ । एपोलो १० का खगोलविद्हरुले लामो समयदेखि अन्तरिक्ष संगीत सुन्दै आएका थिए । वास्तवमा उनीहरुको अनुभव पछिल्लो पटक सन् २००८ मा नासाले सार्वजनिक गरेको घटनामा उल्लेख गरिएको थियो । 

कुनै पनि चासोका संकेतहरु आएको खण्डमा त्यसलाई सेतीले सार्वजनिक गर्ने गरेको छ तर यसअघि भने यस किसिमका संकेतहरु खासै धेरै सार्वजनिक हुँदैनथे । जसको कारण तेस्रो पक्षले पनि यसको अनुसन्धान गर्न पाउने बाटो भने खुलेको छ । कुनै पनि एलियनको आंशिक संकेत पाउनु अहिलेको अवस्थामा सबैभन्दा ठूलो समाचार हो । सन् २००४ मा खगोलविद्हरुले अनलाइन रिपोर्ट ‘ईटी सिग्नल’ सार्वजनिक गरेका थिए । त्यसैगरी अघिल्लो वर्ष सेतीले पनि ‘फास्ट रेडियो ब्रस्ट’ सिग्नलको श्रृङ्खलाको विवरण सार्वजनिक गरेको थियो । जसको कारण वैज्ञानिकहरु केही समय रनभूल्लमा पनि परेका थिए । 

अहिलेसम्म यस विषयमा कुनै सही परिभाषा नरहेको कारण यदि एलियनहरुबाट कुनै संकेत आएको खण्डमा पनि त्यो निकै अनौठो हुनसक्ने देखिएको छ । त्यसो हो भने कसरी निश्चित हुने त ? त्यसका लागि महत्वपूर्ण कुरा सिंग्नलले कति दूरी पार ग¥यो भन्ने रहन्छ । यदि अहिलेको जस्तो स्याटेलाइट र स्पेस डेब्रिसको भर पर्ने हो भने एलियनहरुको समुदाय खोज्ने काम असम्भवजस्तै हुन जान्छ । 

यस विषयमा अनुसन्धानको लागि सेतीले नयाँ टेलिस्कोप ल्याउने भएको छ । जसको माध्यमबाट यसको अनुसन्धान केही सहज हुनसक्छ । यद्यपि यसको लागि तीन पक्षको अध्ययन जरुरी हुने देखिन्छ । यसपछिको अर्को महत्वपूर्ण पक्ष भनेको यदि एलियनहरुले साँच्चै नै पृथ्वीबाट पठाएको संकेतको आशा गरिएअनुसार नै प्रतिक्रिया दिए भने हाम्रो उत्तर कस्तो हुन्छ भन्ने हो । सेती प्रोटोकलका अनुसार भने यस किसिमको प्रतिक्रिया आएमा कुनै स्पष्ट निर्णय नहुञ्जेल कुनै किसिमको प्रतिक्रिया नजनाउने वा अन्य रेडियो सन्देश पठाइनेछ । 

अहिले पनि यस विषयमा भने वैज्ञानिकहरुको बीचमा विभिन्न किसिमको मत भिन्नताहरु रहेको छ । जसमा केहीले त्यसको प्रतिक्रिया जनाउनुपर्छ भनिरहेका छन् भने केहीले त्यसो गर्नु उचित नहुने बताइरहेका छन् । केहीले भने यदि प्रतिक्रिया नजनाउने हो भने ठूलो अवसर छुट्ने बताइरहेका छन् । 

सबै समस्या तथा प्रश्नहरुलाई छाडिदिने हो भने एलियनहरु भेटिएमा कुन भाषामा उत्तर फर्काउने भन्ने प्रश्न पनि निकै महत्वपूर्ण हुन्छ । त्यसका लागि दुवै समुदायका मानिसहरुले बुझ्ने किसिमको संकेतको खोजी गर्नु जरुरी रहेको बताइएको छ । त्यसका लागि कुनै तारा वा कुनै आकाशगंगाको संकेत दिनसकिने गरी संन्देश पठाउनु उचित हुने विज्ञहरुको भनाइ छ । साथै सबैभन्दा नजिक रहेको तारामण्डलमा यो सन्देश पठाउनुपर्ने उनीहरुको भनाइ छ । जुन १० दशमलव ५ प्रकाशवर्ष टाढा रहेको छ । त्यहाँ सन्देश पुगेर फर्केर आउन २१ वर्षको समय लाग्छ । 

अहिलेको प्रक्रियाको विषयमा वैज्ञानिकहरु आशावादी रहेका छन् । पक्कै पनि अन्य ग्रहमा पनि जीवन सम्भव हुनसक्ने उनीहरुको भनाइ रहेको छ । अहिले धेरै भन्दा धेरै संगीतका सन्देशहरु पठाएका अर्को ग्रहमा जीवन सम्भव रहेको वा नरहेको भन्ने कुराको पुष्टि गर्ने प्रयास भइरहेको छ । (बीबीसीबाट)

Share your thoughts!