खानको लागि लुट्नुपर्ने बाध्यतामा भेनेजुयला

Posted on: February 06, 2018 | views: 1124 एपी

भेनेजुयलाको सबैभन्दा ठुलो बन्दरगाहमा मालवाहक ट्रक आउँदै गर्दा २० जना मानिसहरु त्यसलाई हेरिरहेका थिए । बन्दरगाहमा रोकिनुभन्दा अगाडि नै उनीहरुले ट्रक रोके र आफ्नो बोरामा ट्रकमा ल्याएको मकै भर्न थाले । जतिबेला ड्राइभरलाई पेस्तोल तेस्र्याइएको थियो । उनीहरुले लुटेको मकैहरु नयाँ बालीको लागि बिउको रुपमा ल्याइएको थियो । 

‘आतंकवादी गतिविधिले तपाइँलाई पाल्न सक्छ’, उक्त ट्रकका ड्राइभर डेल पिनोले बताए । उनले पछिल्लो १४ वर्षदेखि कार्गो विमान चलाउँदै आएका छन् र राम्रो व्यापार गरेको समयमा उनले एक सय अमेरिकी डलरको हाराहारीमा आम्दानी गर्छन् । जसको सहयोगमा उनले आफ्नी जहान र दुई छोरीहरु पाल्दै आएका छन् । यस किसिमको जोखिमको बाबजुद ग्रामीण भेगमा बस्ने मानिसहरुमा उनी सहानुभूति प्रकट गर्छन् । तिनीहरु भेनेजुयलामा देखिएको खाद्यान्नको संकट र आकाशिएको मुद्रास्फीतिदरको कारण मानिसहरु समस्यामा रहेका छन् । 

“उनीहरुले खानको लागि लुट्नैपर्छ”, उनले भने । भनेजुयलामा लुटपाट, खाद्यान्न संकट र आन्दोलन अत्यधिक मात्रामा वृद्धि भएको छ । जसको कारण भेनेजुयलन नागरिकहरु झन् गरिब बन्दै गएका छन् । जसको कारण यो मुलुकका लागि अशान्ति फैलिनु नौलो कुरा होइन । यस किसिमको अवस्था पछिल्लो समय बढ्दै गएको छ । जसमा धेरैजसो मध्यमवर्गका मानिसहरु यसमा संलग्न रहेको देखिएका छन् । विशेषगरी अघिल्लो वर्षदेखि भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोको विरुद्धमा आन्दोलन गरिरहेका छन् । 

“आन्दोलनकारीहरु निम्न वर्गीय परिवारबाट आएका मानिसहरु हुन्, जो समान्य हिसाबमा पर्याप्त खाना खान सक्दैनन्”, ल्याटिन अमेरिकाको वासिङटनको अफिसका वरिष्ठ अधिकारी डेभिड स्मेल्डले बताए । उनले भेनेजुयला अनुसन्धानको क्षेत्रमा एक दशकदेखि काम गर्दै आएका छन् । “उनीहरु मादुरोलाई शक्तिबाट हटाउनुभन्दा पनि राहत चाहन्छन्”, उनले भने । 

भेनेजुयलामा विश्वकै सबैभन्दा ठूलो तेल भण्डारण रहेको छ । कुनै समयमा यो मुलुक ल्याटिन अमेरिकाको सबैभन्दा धनी मुलुकको रुपमा रहेको थियो । यद्यपि करिब दुई दशकको सामाजवादी नियम र मुलुकको तेल कम्पनीको गलत व्यवस्थापनको कारण अहिले भेनेजुयला इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थामा रहेको छ । खाद्यान्नको आन्दोलन गरिब छिमेकीहरुमा क्रिसमसको हाराहारीबाट अत्यधिक मात्रामा बढेको देखिएको हो ।  

अहिले भेनेजुयलाको सरकार अहिले बढिरहेको आन्दोलनलाई विदेशीको साथ रहेको आरोप लगाउँदै आएको छ । साथै यसको उद्देश्य मुलुकको विकास नभएको पनि भेनेजुयलाको सरकारको आरोप छ । भेनेजुयलाको सरकारबाट आएको यस किसिमको वक्तव्य अमेरिकालक्षित रहेको देखिन्छ । अमेरिकाले लगाएको प्रतिबन्धको विषयमा समाजवादी पार्टीका डियोस्डाडो क्याबेल्लोले टीभीमार्फत् आफूहरुमाथि लगाइएको प्रतिबन्धले पनि मुलुकमा सामान्यभन्दा ठुलो आर्थिक संकट नआउनु ठुलो कुरा रहेको बताएका छन् । उनले अमेरिकाले यो आन्दोलन गराउनका लागि ठुलो भूमिका खेलेको बताएका छन् । 

पछिल्लो समय भेनेजुयलाको आन्दोलन केही साम्य भएको देखिएको छ तर यो अवस्था केही समयको लागि मात्र रहने विश्लेषकहरु बताउँछन् । आगामी दिनमा यो अवस्था झन् विकराल हुनसक्ने उनीहरुको भनाइ छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यस वर्ष भेनेजुयलाको मुद्रास्फीतिदरको नतिजा पाँच अंकमा पुग्ने अनुमान गरेको छ । यस वर्ष भेनेजुयलाको अर्थतन्त्र पनि लगातार पाँच वर्षको गिरावटमा पर्नसक्ने अनुमान आईएमएफको रहेको छ । उसको अर्थतन्त्रमा यस वर्ष १५ प्रतिशतको गिरावट आउनसक्ने अनुमान विश्लेषकहरुको रहेको छ । 

पछिल्लो समय भेनेजुयला थप सामग्रीहरु आयात गर्ने योजनामा रहेको बताइएको छ । त्यसका साथै कालोबजारको अवस्थाले पनि विकरालरुपमा पुगेको देखिएको छ । साथै भेनेजुयलाको न्यूनतम तलबको नतिजा तीन अमेरिकी डलरबराबर पुगेको देखिएको छ । गएको अगष्ट महिनामा ट्रम्पको प्रशासनले भेनेजुयलामा प्रतिबन्धको निर्णय गरेको थियो । पछिल्लो समय तेलको व्यापार निकै खस्किएको कारण पनि भेनेजुयला समस्यामा परेको पाइएको हो । भोकमरीको मात्रा पनि भेनेजुयलामा उल्लेख्यमात्रामा पुगेको छ । 

पछिल्लो समय सार्वजनिक भएको एक भिडियोमा आन्दोलनकारीहरुले “हामी भोकमरीमा छौँ” भन्ने ब्यानर प्रदर्शन गरेको देखाएका थिए । जनवरी महिनाको आधासम्मको अवधिमा भेनेजुयलामा एक सय १० लुटपाटका घटनाहरु भएका छन् । यो नतिजा अघिल्लो वर्षको सोही अवधिको तुलनाम पाँच गुणाले बढीको नतिजा हो । भेनेजुयलामा पछिल्लो समय खानाको लागि पैसा तिरेर खरिद गर्नु निकै कठिन भइसकेको छ । विशेषगरी राजधानी सहर काराकासभन्दा बाहिर रहेका मानिसहरुका लागि भने अवस्था निकै खराब बन्दै गएको छ ।  

भेनेजुयलाको मुद्रास्फीतिदरको नतिजा अघिल्लो वर्षको समग्र अवधिमा २६ सय प्रतिशतमा पुगेको देखिएको छ । भोकमरीसँग सम्बन्धित अपराधहरुको प्रमुख कारण लुटपाट रहेको काराकासका एक सुरक्षा अधिकारीले बताए । सडकका लुटपाटका ग्याङहरु गरिब बालबच्चाहरुलाई खाना देखाएर लोभ्याउने गरेका छन् । भोकमरीमा रहेका मानिसहरु विशेषगरी किराना सामग्रीहरु किन्न समर्थ हुँदैनन् । 

मानिसहरुलाई किराना सामग्रीहरु किन्नका लागि पैसा नहुने भएको कारण समस्या उत्पन्न भएको अधिकारीहरुको भनाइ छ । भोकमरीमा परेका मानिसहरुको निसानामा ट्रकहरु पर्ने गरेका छन् । ट्रकहरुमा चामल र जिउँदा कुखुराहरु आयात हुने भएको कारण यसलाई धेरैले निसाना बनाउने गरेका हुन् । “यहाँको समस्या भनेको केवल भोकमरी हो । भोकमरीको कारण मानिसहरु संकटमा छन्” डेन पिनोले भने ।

Share your thoughts!